पाँचथर । पाँचथरका उत्तरी तथा दक्षिणी स्थानीय तहका कृषकहरुले व्यावसायिक रुपमा अर्गेली खेती शुरु गरेका छन् ।
उत्तरी याङ्वरक, फालेलुङ, फिदिम नगरपालिका यस्तै दक्षिणी भेग मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका कृषकहरु व्यावसायिक रुपमै अर्गेली खेतीतर्फ लागेका हुन् ।
अर्गेलीबाट यस क्षेत्रका कृषकहरुले बार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गर्दे आएका छन् । यसको खेती गर्दा मेहनत कम लाग्ने र समयको पनि बचत हुने कृषकहरु बताउँछन् ।
खेर गइरहेको बारी, कान्ला, जंगलमा यस क्षेत्रका कृषकहरुले अर्गेली खेती गर्न थालेका हुन् । अर्गेलीको लोक्तालाई प्रशोधन गरी हाते कागज बनाउने गरिन्छ ।
हाते कागजबाट राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रका कृषकहरु अर्गेली खेतीतर्फ आकर्षित भएको फिदिम ३ का कृषक हेमकुमारी राईले बताइन् ।