प्रकाश नेपाल,
इलाम । स्वरोजगार मुलक कृषि उपज उद्योगको क्षमता विस्तार गरि रोजगारीका अवसर वृद्धि गर्ने उदेश्यले संचालन भएको अनुदानको कार्यक्रमले प्रदेशको अर्थतन्त्रमा समेत सहयोग पुगेको छ ।

व्यावसायिक रुपमा नगदेवाली उत्पादन हुने इलाममा सरकारले लगानीसमेत बढाएको छ । घरेलु र मझौला उद्योगको क्षमता विस्तारमा प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अनुदान सहयोग गर्दै आएको हो । प्रदेश सरकारको अनुदान कार्यक्रमले कृषि उपजको उद्योग संचालन गर्दै आएका किसान र उद्यमीलाई रोजगारी अवसर वृद्धिमा सहयोग पुगेको छ ।

दुग्धजन्य सामग्री उत्पादन तथा प्रशोधन र चिया उद्योगको क्षमता विस्तारमा सहयोग गर्ने उद्देश्यले प्रदेश एक सरकारले अनुदानको कार्यक्रम संचालन गर्दै आएको हो । उद्योगमा आवश्यक पर्ने मेसिन औजार खरिद र उद्योगको क्षमता विस्तारमा अनुदान कार्यक्रमले सहयोग पुगेको चिज उद्योगी तुलु तामाङले बताउनुभयो ।

इलाममा व्यावसायिक रुपमा खेती हुने चिया र दूग्धजन्य सामग्री उत्पादन गर्ने उद्योगहरु अनुदान कर्याक्रममा बढी मात्रामा सहभागी हुँदै आएका छन् । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयबाट भएका अनुदानका कार्यक्रमहरु प्रदेश एक ससंदको सामाजिक विकास समितिले अनुगमन पनि गर्दै आएको छ ।

कृषि विकास मन्त्रालयको अनुदान कार्यक्रम गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उद्यमीमाझ पुगेकाले प्रभावकारी पाइएको प्रदेश सासंद झलकसिंह दर्लामीले बताउनुभयो ।

स्वरोजगार मुलक कृषि उपज उद्योगको क्षमता विस्तार गरि रोजगारीका अवसर वृद्धि गर्ने उदेश्यले संचालन भएको अनुदानको कार्यक्रमले प्रदेशको अर्थतन्त्र विकासमा सहयोग पुगेको मात्र छैन यसले ग्रामीण क्षेत्रका उद्यमी कृषकलाई थप सहयोग पुग्ने बिश्वास गरिएको छ । इमेज खबरबाट