झापा । बैदेशिक रोजगारमा जानेहरुको लागि दिइने पूर्व प्रस्थान अभिमुखिकरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
बैदेशिक रोजगार बोर्डको सचिवालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मोरङको बलियामा तालिम शुरु भएको हो । कार्यक्रमा प्रमुख अतिथि प्रदेश १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सुरक्षित, मर्यादित र ब्यवस्थित आप्रवासनको बिषयमा राज्यले अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन रणनीति बनाउने गरेको बताए ।
घिमिरेले प्रशिक्षकले बैदेशिक रोजगारीमा जाने कामदारलाई त्यस देशको श्रम कानुन, धर्म, संस्कृति, ट्राफिक नियम लगायतको बिषयमा स्पष्ट जानकारी दिन सकेमा श्रमिकले विभिन्न दुर्घटनामा पर्न, कानुनी झमेला भोग्नबाट टाढा रहने बताए ।
दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । बैदेशिक रोजगार बोर्डको सचिवालयकी उप सचिब मैयाँ कडेलले बोर्डले गर्ने गतिविधिको बारेमा प्रष्ट्याएकी थिइन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठले प्रशिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले कार्यक्रममा सक्रिय सहभागी हुन सुझाए ।
भदौ १४ गतेदेखि १८ गतेसम्म आयोजना गरिएको कार्यक्रममा १ नम्बर प्रदेशका २५ जना सहभागी रहेको सहभागी विशाल खरेलले बताए ।