अर्जुनधारा । झापाको अर्जुनधारा ८ मा रहेको प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध अपाङ्गता भएका सदस्यहरुलाई सोमबार एक कार्यक्रमका बीच खाद्यान्न सामग्री वितरण गरिएको छ ।
विजया दशमीको अवसरमा संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र दाता युवराज प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा १२ जनालाई २० हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको संस्थाकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् ।
खाद्यान्न सामग्री प्राप्त गर्नेहरुमा अनिस सुवेदी, अम्बिका घोर्साईं, जमुना राजवंशी, ठाकुरसिंह गुरुङ, थर्क धिमाल, पुनम कटुवाल, मानबहादुर श्रेष्ठ, लीलाजंग थापा, विशाल राई, वीरबहादुर राई, सन्तोष राजवंशी र सूर्य बस्नेत रहेका छन् ।
सल्लाहकारद्वय दीपेन्द्र काफ्ले र पदमबहादुर मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पम्फा विश्वकर्मा, संस्थाकी संस्थापक व्यवस्थापक कविता मगरलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष डिल्ली घोर्साईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।