काठमाडौं । शुक्रबार सुन तोलामा ४ सयले बढेको छ । सुन तोलामा ४ सयले बढेर ९४ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा ९२ हजार ७ सयमा कारोबार भएको सुन बिहीबार एकैपटक तोलामा १३ सयले बढेर ९४ हजारमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स १८ सय ६१ डलर र चाँँदी प्रतिऔन्स २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।