अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित सिस्ने कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

संस्था सञ्चालक समितिका अध्यक्ष बुद्धिसागर ढुंगेलको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत उपाध्यक्ष उपेन्द्र बस्नेतले गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष ढुङ्गेलले गत आर्थिक वर्ष ०७७/०७८को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका सदस्य सुवासचन्द्र मिश्रले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी २३ लाख ५६ हजार ६८० रुपैयाँ, जगेडा कोषमा एक लाख ३४ हजार ४३४ रुपैयाँ, अन्य कोषमा ५६ हजार ३४ रुपैयाँ ७२ पैसा, बचत २२ लाख ९३ हजार ६५९ रुपैयाँ ४३ पैसा, कर्जा लगानी ३६ लाख ४० हजार ६६६ रुपैयाँ उल्लेख गरिएको छ ।

 

उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ नेत्र गौली र उत्कृष्ट शेयर सदस्यतर्फ दुर्गा दाहाल कोइरालालाई सम्मान गरिएको थियो भने संस्थाका व्यवस्थापक एवम् कार्यक्रम सञ्चालक डम्बर दर्नालले गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख आचार्य, अर्जुनधारा १ का वडाध्यक्ष गजाधर खतिवडा, सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पम्फा विश्वकर्मा, खुदुनाबारी-अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर राई, वेद वेदाङ्ग शंकराचार्य पीठ साधुटारका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।