शनिश्चरे । झापाको अर्जुनधारा ८ शनिश्चरे बजारमा सञ्चालित शनिअर्जुन मार्टले सेवा बिस्तार गरेको छ । मार्टले दोस्रो तलामा आधुनिक घरायसी सामानको सेवासँगै दोस्रो तला पनि सञ्चालन गरेको हो ।
एउटै छानामुनि सम्पूर्ण घरायसी सामग्री उपलब्ध गराउने उद्देश्यले मार्टले माथिल्लो तलामा गिफ्ट आइटम र किचन आइटमका आवश्यक सामग्री थप गर्दै सेवा विस्तार गरेको हो । झापाको शनिश्चरे बजारमा गएको असोज २६ गते (मंगलबार)बाट शनिअर्जुन मार्ट सञ्चालनमा आएको थियो ।
मार्टको माथिल्लो तलाको उद्घाटन उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का अध्यक्ष टीकराज ढकालले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, मार्टका सल्लाहकार मोहन रेग्मी लगायतले शुभकामना दिएका थिए ।
उक्त मार्टमा गिफ्ट आइटमका सबै सामग्रीसहित घरायसी सबै प्रकारमा वस्तु पाइने मार्ट सञ्चालक गजेन्द्र पौडेलले जानकारी दिए । मार्ट तीन करोड रुपैयाँभन्दा लगानी गर्दै सञ्चालनमा ल्याइएको छ ।
मार्टमा सामग्री खरिद गर्ने ग्राहकलाई सदस्यता कार्ड वितरण गरिने र सो कार्डमार्फत सपिङ गर्दा पोइन्टका आधारमा ग्राहकले छुट सुविधा पाउने सञ्चालक पौडेलको भनाई छ । एक सय रुपैयाँबराबरको सामान खरिद गर्दा मार्टबाट १ प्रतिशत क्यास ब्याकको सुविधा दिएको छ । आफ्ना ग्राहकलाई उक्त कार्ड निःशूल्क उपलब्ध गराउने सञ्चालक पौडेलले बताए ।





