झापा । अर्जुनधारा नगरमा रहेका लघु उद्यमीहरुलाई वित्तीय सेवामा पहुँच तथा उत्पादन हुने वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर सामाजिक विकास शाखाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत आयोजित कार्यक्रमको उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । उपप्रमुख पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले लघु उद्यम विकास कार्यक्रमका विषयमा आफ्नो धारणा राखेका थिए ।
जिल्ला लघु उद्यमी महासंघ झापाकी अध्यक्ष निर्मला भण्डारी, नेपाल बहुउद्धेश्यीय सहकारी संस्था शनिश्चरे सेवाकेन्द्रकी प्रमुख जानुकादेवी नेपाल र खरिद विभाग प्रमुख पारसचन्द्र भट्टराईले सहजीकरण गरेको कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
सामाजिक विकास शाखा प्रमुख राजविक्रम खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता सुलोचना कुमालले गरेकी थिइन् । कार्यक्रममा सहभागी लघु उद्यमीहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरुको पनि प्रदर्शन गरिएको थियो ।