ताप्लेजुङ । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गति लिएको छ ।
आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिना अघिबाट निर्माण थालएिको हो ।
नर्मिाण शुरु भएको छोटो अवधमिा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग नर्मिाण पूरा भएको छ भने ३०२ मिटर अडित सुरुङमार्गमध्ये २८० मिटर पूरा भएको छ ।
यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङ्लि नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो । चिनियाँ निर्माण व्यवसायी कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो ।
आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारि समयमा नै सकिनेमा विश्वस रहेको आयोजनाका प्रमुख डा मणिराज पोखरेलको भनाइ छ । नेपाली इञ्जिनियरले डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताउनुभयो । कूल रु १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतशितत सातवटा बैंकको लगानी हुने जनाइएको छ ।
आयोजनाको मुख्य संरचना मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ र फक्ताङलुङ गाउँपालिका–१ सावादिनमा रहने आयोजनाले जनाएको छ ।
यस्तै फुङलिङ नगरपालिकाको फुरुम्बुस्थित मित्लुङमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मिटरको सुरुङमार्फत खोक्लिङको थुम्बाबेँसीमा पुर्याइनेछ । यस आयोजनाबाट उत्पादित विद्युत् मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो ।
सुरुमा ५४ मेगावाट विद्युत् उत्पादन गर्ने गरी प्रक्रयिा अघि बढे पनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा नर्मिाण क्षेत्रमा प्राकृतकि प्रकोपको जोखमि देखिपछि हेडवर्क्स परविर्तन भएसँगै १९ मेगावाट थप भएको थियो । रासस