दमक । झापाको कमल गाउँपालिका ५ स्थित सिम्लेबाट प्रहरीले चिरान काठ र सिटी सफारी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली शनिबार पौने २ बजे कमल गाउँपालिकाको सिम्लेमा रोकिराखेको सिटीलाई शंका लागेर चेकजाँच गरेको थियो । सोही क्रममा १८ थान चिरान काठ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी टोलीले प्र १-०१-००१ ह ८०६० नम्बरको सिटीसहित १८ थान चिरान अवैध काठ ११.५४ क्युफिट फेला पारेको थियो । बरामद काठ र सिटी आवश्यक कार्वाहीका लागि आज सेक्टर वन कार्यालय दमकमा बुझाइएको झापा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।