काठमाडौँ । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।

 

नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।

 

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् । पछिल्लो समय रुस-युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ।

 

अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन् । यो समाचार कारोबार दैनिकमा छ ।