बिर्तामोड । झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिबार बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो ।

 

एभिन्युज टेलिभिजनका झापा संवाददाता रहेका न्यौपानेले महासंघको गतिविधिलाई उच्च महत्व दिएर प्रकाशन प्रशारण गर्दै आएका छन् । पत्रकारितामार्फत व्यावसायिक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले उनलाई दोसल्ला ओढाएर नगद आठ हजार एक सयसहित सम्मान गरेका हुन् ।

 

पत्रकार न्यौपानेसँगै कृषक भीमलाल मावो, लघु उद्यमी माया गुरुङ, व्यवसायी प्रभातकुमार अग्रवाल र उत्कृष्ट जिल्लाका रुपमा कास्कीलाई सम्मान गरिएको छ ।