इलाम । इलामकोे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा गत जेठयता आइतबार पहिलोपटक जहाज अवतरण गर्‍यो ।

 

काठमाडौंबाट पाँच यात्रु लिएर आएको नेपाल वायु सेवा निगमको जहाज इलामबाट भने एकजना यात्रु लिएर फर्केको छ । प्रत्येक बिहीबार इलाम-काठमाडौ उडान गर्ने भनिएकोमा नेपाल वायुसेवा निगमले गत जेठ २२ गतेयता इलाम उडान गरेको थिएन ।

 

असोज लागेपछि नियमित उडान सञ्चालन हुने भनिए पनि मौसमको कारण देखाउँदै उडान हुन सकेको थिएन । पूर्णरुपमा विमानस्थल निर्माण सम्पन्न भइनसकेको र विमानस्थल भएको स्थानको मौसम वर्षायाममा खराब हुने भएकाले पनि उडान भर्न समस्या हुने गरेको नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

 

विमानस्थलमा अझै टर्मिनल भवन, विमान स्थलसम्म पुग्ने पक्की सडक लगायतका संरचना निर्माण गर्न बाँकी छ । नजिकिँदै गरेको नेपालीको चाडपर्वका कारण उडान भर्न थालिएको बताइएको छ । इमेज खबरबाट