फिदिम । पाँचथर सदरमुकाम फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपमा आज न्यू रोड टिम (एनआरटी)ले मधेश प्रदेशको सलहेश युवा क्लबसँग अन्तिम क्वाटर फाइनल खेल खेल्दैछ ।

 

फिदिम माविको मैदानमा दिउँसा २ः३० बजेदेखि हुने प्रतियोगिताको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ । यसअघि आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र एफसी र लिग लिडर चर्च ब्वाइज युनाइटेड प्रवेश गरिसकेका छन् ।

 

इलाम गोल्डकपको दुई पटकको च्याम्पियन र झापा कपको उपविजेता एनआरटीले दुई साता नबित्दै तेस्रो गोल्डकपमा प्रतिस्पर्धा गर्दैछ । सलहेश ताप्लेजुङ गोल्डकपको उपविजेता टोली हो । सेमिफाइनलमा सलहेशमाथि १-० को कठिन जित हात पारेर चर्च ब्वाइज झापा कपको फाइनलमा प्रवेश गरेको थियाे ।

 

गोल्डकप विजेताले नगद १० लाख ५ हजार ५५५ र उपविजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँसहित आकर्षक ट्रफी पाउने छ । प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद १० हजार पाउने छ ।