इलाम । पहिलोपटक सहभागिता जनाएको पाहुना टोली ब्रदरहुड एफसी उदयपुर यहाँ आयोजित पाँचौ सन्दकपुर गोल्डकप च्याम्पियन बनेको छ ।

 

आज सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाइटेड क्लब झापालाई टाइब्रेकरमा २-० गोलले पराजित गर्दै उदयपुरले उपाधि जितेको हो । निर्धारित समयमा एक-एक गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरमार्फत लिइएको हो ।

 

 

खेलको ७८औँ मिनेटमा उदयपुरका आकाश राईले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । तर, दबाबमा रहेको बुट्टाबारीले इन्जुरी समयको अन्तिम मिनेटमा विशाल क्षेत्रीको फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीको स्थितिमा पुर्याएका थिए ।

 

उपाधि विजेता उदयपुरले २ लाख ५५ हजारसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता बुट्टाबारीले १ लाख ५५ हजारमा चित्त बुझायो । बुट्टाबारीको यो प्रतियोगितामा तेस्रो फाइनल यात्रा थियो । तीन पटक नै उपविजेतामा सीमित रह्यो ।

 

फाइनल खेलको म्यान अफ द म्याच ब्रदरहुड एफसीका प्रवेश दनुवार घोषित हुँदै नगद दुई हजार पॉच सय पाए । बेस्ट डिफेन्डर बुट्टाबारीका सुजन चौधरी,उत्कृष्ट गोलरक्षक ब्रदरहुडका सौरभ बराल, बेस्ट मिडफिल्डर ब्रदरहुडका विवेक राई, हाइस्कोररमा ब्रदहुडका आकाश राईर राइजिङ प्लेयर देउरीली स्पोर्टिङ क्लबका अभिमन्यु राई घोषितहँुदै जनही चार चार हजार प्राप्त गरे ।

 

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा गोल्डकप सञ्चालन भएको थियो । जसमा पॉचथर, इलाम, झापा, मोरङ र उदयपुरका ८ टिमको सहभागिता रहको थियो।