झापा । झापा गाउँपालिका १ बाट भन्सार छलेर काँक्राको बीऊसहित प्रहरीले एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आज (मंगलबार) अपराह्न ४ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिएको हो ।

 

नम्बर प्लेट नखुलेको उक्त ट्याक्टर शंका लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ भन्सार छलि लुकाइछिपाई लाँदै गरेको अवस्थामा ५० बोरा काँक्राको बीऊ फेला परेको थियो ।

 

२५ क्वीन्टल काँक्राको बीऊसहित प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो । उक्त काँक्राको बीऊको बजारमूल्य अन्दाजी दुई लाख ५० हजार रहेको जनाइएको छ । उक्त ट्याक्टरसहित सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ ।