उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका २ बाट प्रहरीले लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ ।
बिहीबार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी १ की रत्नमाया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको बोरामा लुकाइछिपाई राखेको १ हजार १४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको जनाइएको छ ।
यसैगरी, सुनसरीको बराहक्षेत्र १ स्थित सप्तकोशी नदीमा बेवारिसे अवस्थामा ट्युवमा बग्दै आइरहेको २ सय केजी गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।