बिर्तामोड । झापा गाउँपालिका ३ निवासी लरेश मुर्मुको घरबाट साउन १४ गते चाँदीका विभिन्न गरगहना चोरी गर्ने स्थानीय दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ३ नम्बर वडा निवासी १९ वर्षीय निर्मल बराईली र १९ वर्षकै दिपेश रसाईली रहेका छन् । उनीहरुले साउन १४ गते अन्दाजी १ बजे दिउँसो मुर्मुको घरबाट चाँदीका विभिन्न गरगहना चारी गरेका थिए ।
प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई निर्मल बराईलीको घरबाट चोरी गरेको चुरा (बाला), चाँदीको कल्ली, बिच्छी (सिक्री) पाउजु, चाँदीको सिक्री, औँठी बरामद गरेको थियो ।
दुवै जनालाई आज झापा जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।