बिर्तामोड । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका ५ वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लगाएको छ ।

 

श्रम संस्कृति पार्टीका अनुसार झापा क्षेत्र नम्बर १ बाट केवलराम राई र झापा २ बाट केशव भण्डारीलाई आगामी फागुन २१ का लागि उम्मेदवार बनाउने निर्णय भएको छ ।

 

यस्तै, झापा क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिना, झापा ४ बाट अमृता राई र झापा ५ बाट शिभम सोराली मगरलाई श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।