एजेन्सी । सहआयोजक क्यानडाले विश्वकप २०२६ मा शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्धको खेल १-१ को बराबरीमा टुंग्याएको छ । अर्को खेलमा सह-आयोजक अमेरिकाले पाराग्वेमाथि शनिबार ४-१ को प्रभावशाली जित दर्ता गरेको छ ।

 

पहिलो खेलमा जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले २१औं मिनेटमा अग्रता लिएको थियो र मध्यान्तरसम्म त्यसलाई कायमै राखेको थियो । तर, टोरोन्टो रंगशालामा कायल लरिनले ७९औं मिनेटमा गरेको गोलमा क्यानडाले खेल बराबरीमा पुर्‍याएको थियो ।

 

यसैगरी, अमेरिकाको जितमा फ्लोरिन बालोगनले दुई गोल गरे । यो जितपछि आक्रामक खेल प्रस्तुत गरेको अमेरिका तीन अंकसहित समूह डी को खेलमा बलियो स्थितिमा रह्यो ।

 

अमेरिकाका लागि डामिन बोबाडिलाको आत्मघाती गोलमा सातौं मिनेटमा अग्रता लिएको थियो । खेलको ३१औं मिनेटमा फ्लोरिन बालोगनले दोस्रो गोल गरे । पहिलो हाफको इन्ज्युरीको पाँचौं मिनेट समयमा बालोगनले तेस्रो गोल थपे । पाराग्वेले दोस्रो हाफको ७३औं मिनेटमा एक गोल फर्कायो र मउरिसो मागाल्हासको नाममा रह्यो ।

 

यसैगरी, दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा जियोभानी रेयेनाले अमेरिकाका लागि चौथो गोल गरे । यो समूहमा टर्की र अस्ट्रेलिया पनि रहेका छन् ।