काँकरभिट्टा । झापाको काँकडभिट्टा नाकाबाट हुने अवैध पैठारी बढेको चर्चा चलिरहेका बेला सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैधरूपमा नेपाल भित्र्याइँदै गरेको लत्ताकपडा बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका अनुसार बुधबार बिहान करिब २ बजे मेचीनगर ८ स्थित सीमा क्षेत्रबाट भारतबाट भन्सार छलेर नेपाल ल्याइँदै गरेको २४ बोरा विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो।

 

उक्त बेवारिसे अवस्थामा फेला परेको सामानको अनुमानित मूल्य ७ लाख ३१ हजार ४९० रुपैयाँ रहेको छ। बरामद गरिएको सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार नै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको जनाइएको छ ।