झापा । सशस्त्र प्रहरी बल नेपालले करिब १८ लाख मूल्यबराबरको अवैधरुपमा भित्र्याइएका मोटर पार्टस र ४ लाख मूल्यबराबरको लत्ताकपडा बरामद गरेको छ ।

 

विशेष सूचनाका आधारमा झापाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा चेकजाँचका क्रममा अनुमानित मूल्य १७ लाख ९९ हजार रुपैयाँबराबरको मोटर पार्टस बरामद गरिएको हो ।

 

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा ४ लाख मूल्यबराबरको लत्ताकपडाहरु बरामद गरेको छ।

 

नजिकिँदो चाडपर्वलाई लक्षित गरी भारतबाट अवैधरुपमा सामान भित्र्याउने क्रम बढेसँगै सशस्त्र प्रहरीले कडाई गरेको हो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–निकासी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ ।