अर्जुनधारा । झापा अर्जुनधारा निवासी खगेन्द्रकुमार श्रेष्ठले पहिलो कृति ‘कृपा’ बजारमा ल्याएका छन् । आइतबार एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो।

 

जलेश्वर स्वावलम्बन समाजको हलमा आदर्श साहित्य तथा साँस्कृतिक दाेभानले आयोजना गरेकाे कार्यक्रममा साहित्यकार कालिबहादुर थापाको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरेका हुन् । साहित्यकार पुण्य बराल र लक्ष्मीप्रसाद रिजाल कृति समीक्षकका रूपमा उपस्थित थिए। लेखक श्रेष्ठको यस कृतिले नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थप्ने कार्य गरेको कृति समीक्षकद्वय बराल र रिजालले उल्लेख गरेका छन्।

 

 

लेखक श्रेष्ठले आफ्नो कृति शुभचिन्तकहरूबाट प्राप्त माया, सुझाव र कृपाद्वारा मात्रै सम्भव भएकाले यसको नाम पनि ‘कृपा’ नै राखेको प्रष्ट पारेका छन्।

 

कार्यक्रममा साहित्यकार कृष्ण बरालले कृतिको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा गजलकार, कवि, सञ्चारकर्मी तथा समाजका विभिन्न क्षेत्रका साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। पुस्तकमा समेटिएका विषयवस्तु, भाव र लेखन शैलीका बारेमा चर्चा गर्दै सहभागीहरूले कृतिको सफलताको शुभकामना दिएका छन्।

 

आदर्श साहित्य तथा सांस्कृतिक दोभानका अध्यक्ष सुरेन्द्र बुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। साहित्यकार तथा मेरो रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराईले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन रेडियोकर्मी दीपक ढुङ्गानाले गरेका थिए।