झापा । झापाको भद्रपुरमा रहेको सूर्य प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहानको राति १२ः२० बजे भद्रपुर ५ स्थित भद्रपुर बजारमा सोही ठाउँ बस्ने प्रदिप सरावगीले सञ्चालन गरेको फ्याक्ट्रीमा अचानक आगलागी भएको हो ।
घटनाबारे स्थानीयबासीले सीमा सुरक्षा गुल्म भद्रपुरमा जानकारी गराएपछि सशस्त्र प्रहरी नायव उपरीक्षक विजय थापाको कमान्डमा १० जना, नेपाल प्रहरीको वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक संजिव चौधरीको कमान्डमा ५ जना, भद्रपुर नगरपालिकाको दमकल, स्थानीय ६० जना र नगर प्रहरीहरुको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
बिजुलीको करेन्ट सर्ट भई सो आगलागी भएको आशंका गरिएको छ ।आगलागीबाट फ्याक्ट्रीभित्र रहेको मेसिन र प्लाई पूर्णरुपमा जल्दा अन्दाजी १ करोडबराबरको क्षति भएको अनुमान गरिएको छ ।