सुनसरी । धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि ११ स्वतन्त्र सहित १७ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।

धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका तिलक राई, नेकपाका प्रकास राई, समाजवादी पार्टीका गजेन्द्र इस्बोले मनोनयन दर्ता गराएका छन् ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राई, संघीय लोकतान्त्रिक मञ्चका अमर इजम, राप्रपा कमल थापा पक्षका रोशन बिक, राप्रपा संयुक्तका कुमार बरैली, साझा पार्टीका राजनकुमार श्रेष्ठ, राप्रपा लोकतान्त्रिका भिमबहादुर लिम्बु, संघीय खम्बुवानका एलिसा राई र आमुल परिवर्तनका छ्त्रबहादुर बिकले मनोनयन दर्ता गराएका छन् ।