खुदुनाबारी । अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक बाख्रा स्रोत विकास केन्द्रको प्रथम साधारणसभाले पुनः भीम नेपालको नेतृत्वलाई चयन गरेको छ ।
खुदुनाबारी बजारमा सोमबार भएको साधारणसभाबाट केन्द्रको उपाध्यक्षमा सन्तोषकुमार राई, उपाध्यक्षमा कमल कडरिया, सचिवमा प्रदिप खतिवडा, सहसचिवमा देवीकुमारी लिम्बू र कोषाध्यक्षमा तुलसा नेपाललाई सर्वसम्मत चयन गरेको हो ।
सोही साधारणसभाले कृष्ण रिजाल, खगेन्द्र ढुंगेल, डिल्लीकुमार प्रधान, कमला नेपाल र जानुका घिमिरेलाई सदस्यमा चयन गरेको छ ।
भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापाका प्रमुख डा. गंगाराम यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई र अर्जुनधारा-९ मा रहेको आरके कृषि फर्मका सञ्चालक कमल कडरियालाई सम्मान गरेकाे थियाे ।