बलात्कारको आरोपमा बिर्तामोडका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ

न्यूज सञ्जाल २४ मंसिर २०८१, सोमबार १६:३७

झापा । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।   उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र ...

इलाममा रुखको हाँगाले लागेर तुलसी जबेगुको मृत्यु

न्यूज सञ्जाल २४ मंसिर २०८१, सोमबार ०९:३२

इलाम। देउमाई नगरपालिका ९ जितपुरस्थित सुङ्गुरे डाँडा बस्ने एक जना युवाको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।   प्रहरीका अनुसार ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगाले लागेर आइतबार मृत्यु भएको हो । रुख काट्ने क्रममा माथिबाट अचानक ...

ओलीद्वारा दमक भ्यू टावरको उद्घाटन

न्यूज सञ्जाल २३ मंसिर २०८१, आईतवार १८:१५

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाको दमक नगरपालिका ३ मा निर्मित १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् । यो टावर ओलीकै निर्वाचन क्षेत्रमा पर्ने दमकमा निर्माण गरिएको हो ।   २०७६ सालमा ओलीले दोस्रो कार्यकालका क्रममा यस ...

झापाः बृद्धाको हत्यामा संलग्न दुई जना पक्राउ

न्यूज सञ्जाल २३ मंसिर २०८१, आईतवार १७:२५

झापा । झापा गाउँपालिकामा हिजो साँझ एक बृद्धाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोबाइल लुट्नकै लागि झापा गाउँपालिकाकी बृद्धा फूलमाया मुर्मूको हत्या भएको थियो ।   हिजो अन्दाजी ४ः३० बजे झापा गाउँपालिका ६ पुष्पाञ्जली टोल बस्ने ...

झापामा बृद्धाको हत्याः डुँडमा भेटियो शव

न्यूज सञ्जाल २३ मंसिर २०८१, आईतवार ०८:०८

झापा । झापा गाउँपालिका ६ मा एक बद्धाको हत्या भएको छ ।हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अवस्थामा स्थानीय बृद्धाको शव शनिबार साँझ फेला परेको हो ।   घरका सबै सदस्य मकै रोप्न गएका बेला ८१ वर्षीया ...

भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

न्यूज सञ्जाल २२ मंसिर २०८१, शनिबार ०७:४९

काठमाण्डौ । भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात ...

निःशुल्क स्वास्थ्य शिविर गर्दै सकियो अर्जुनधारामा ‘जेसीज सप्ताह’

न्यूज सञ्जाल २१ मंसिर २०८१, शुक्रबार १७:३२

खुदुनाबारी । झापाको अर्जुनधारा जेसीज शनिश्चरेले आज स्वास्थ्य शिविर आयोजना गरी जेसीज सप्ताह २०२४ समापन गरेको छ ।   जेसीज सप्ताह कार्यक्रमअन्तर्गत अर्जुनधारा ४ दहीझोडास्थित लक्ष्मी आविका ३२ जना विद्यार्थीलाई जुत्ता वितरण गर्दै गत मंसीर ४ गते उद्घाटन भएको कार्यक्रम ...

अर्जुनधारा ४ का युवालाई ड्राइभिङ र व्युटिसियन तालिम

न्यूज सञ्जाल १९ मंसिर २०८१, बुधबार १६:२५

शनिश्चरे । वडाका युवालाई सीपमुलक सिकाइ प्रदान गर्दै स्वरोजगार बनाउने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाको ४ नम्बर वडा कार्यालयले एकसाथ दुई वटा तालिम सुरु गरेको छ ।   वडा कार्यालयमा आज युवा लक्षित हलुका सवारी ड्राइभिङ र आधारभूत व्युटिसियन तालिमको उद्घाटन ...

बिर्तामोडमा चेनगेटले किच्दा घाइते बालकको मृत्यु

न्यूज सञ्जाल १८ मंसिर २०८१, मंगलवार ०८:३१

झापा । फलामको चेनगेटले किच्दा बिर्तामोडमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भइ बिर्तामोडमा बस्दै आएका ३ वर्षीय बालक रहेका छन् ।   प्रहरीका अनुसार इलाम देउमाई नगरपालिका ८ घर भइ हाल बिर्तामोड नगरपालिका १ बुद्धचोकस्थित ...

नक्कली सुन देखाएर ठगी गर्ने झापाका चारसहित छ जना पक्राउ

न्यूज सञ्जाल १८ मंसिर २०८१, मंगलवार ०८:०९

झापा । नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहमा संलग्न झापाका चार र दुई भारतीय गरी ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।   पहेँलो धातुलाई सुन भन्दै सर्वसाधारणलाई झुक्याउने गिरोहका ६ जना पक्राउ परेका हुन् । ...

1 55 56 57 58 59 741
×