अर्जुनधारा । झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको वैकल्पिक स्रोतको लागि सामुदायिक वनलाई पर्यापर्यटनको क्षेत्रकोरुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

समूहको २३औं वार्षिकोत्सवको सन्दर्भमा विहिबार आयोजित सामुदायिक वनको उपयोगिता, महत्व, सम्भावना र वर्तमान चुनौतीको विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले समूहलाई उक्त क्षेत्रमा अगाडी बढाउन जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले वनलाई सधैं काठ, दाउरा, हलो, हरिस र घाँसका लागि मात्र नभई वनलाई डाइभर्ट गर्नुपर्ने बताए । त्यसको लागि पर्यापर्यटन उपयुक्त विकल्प भएको बताउँदै उनी भन्छन्– “पोखरी निर्माण मात्र होइन कृषि, पशु, सहकारीलगायत क्षेत्रमा कार्य गर्नु पनि पर्यापर्यटनको आधार हो ।”

हालै सरकारले जारी गरेको पर्यापर्यटन कार्यविधि २०७५मा महासंघको भूमिकाको विषयमा केही उल्लेख नगरेको अवस्थाले केही खल्लो बनाएको जिकिर गर्दै समूहले पर्यापर्यटनको क्षेत्रमा कार्य गर्दा वन ऐन् २०४९, वन नियमावली २०५१, समूहको विधान र पञ्च वर्षे कार्ययोजनालाई सबैले ख्याल गर्नुपर्ने बताए ।

त्यसैगरी अर्का सहभागी अर्जुनधारा नगर सभा सदस्य होमनाथ दुलालले उपभोक्ताहरुको आयआर्जन गर्ने दिगो स्रोत समूहले सञ्चालन गरेको पर्यापर्यटन हुने हुँदा त्यसतर्फ अगाडी बढ्न आवश्यक भएको बताए । उनले उक्त कार्यको लागि स्थानीय सरकारले साझेदारीको भूमिका निर्वाह गर्ने हुँदा त्यसको लागि आफूले पहल गर्ने बताए ।

त्यस्तै कार्यक्रमका सहभागी सल्लाहकार सदस्य दुर्गाप्रसाद न्यौपाने हिजो भन्दा आजको अवस्था फरक भएको जिकिर गर्दै समूहलाई पर्यापर्यटनको क्षेत्रमा विकास गराउन सबै जुट्नुपर्ने बताउँछन् । तर पर्यापर्यटनसँगै वनको संरक्षण र संवद्र्धनको लागि सबै उपभोक्ता माझ समूहले जनचेतनामूलक कार्यक्रमहरुलाई पनि निरन्तरता दिनुपर्ने सुझाव सल्लाहकार न्यौपाने राख्छन् ।

समूहले सुरु गर्ने पर्यापर्यटनको कार्य वर्तमानसँगै भावी पुस्ताको लागि पनि राम्रो उपहार हुने हुँदा उक्त कार्य सकारात्मक भएको च्यारिटी युथ क्लबका अध्यक्ष दिपक दुलालले बताए । कार्यक्रममा पर्यापर्यटनसँगै समूहअन्र्तगत रहेका समूह स्थापनामा योगदान पु¥याउने व्यक्तित्वहरुको सम्मान, ३१ वटा टोलको मूल्याङकनसँगै पुरस्कारको व्यवस्थापन, उपभोक्ता सचेतना तालिमलगायतका विषयमा सहभागीहरुले सुझाव पेश गरेका थिए ।

यसैबिच समूहले समूह स्थापनासँगै सञ्चालन गर्न विशेष योगदान पु¥याउने ८ जना व्यक्तित्वको सम्झनामा चालु आर्थिक वर्ष ०७५÷०७६मा सम्पन्न हुने गरी फलैंचा निर्माण गर्ने कार्यको शिलान्यास गरिएको समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेल बताए ।

संस्थापक सदस्यद्धय जगतनारायण श्रेष्ठ र सूर्य पौड्याल, पूर्व उपाध्यक्ष इन्द्रबहादुर खत्री, पूर्व सदस्यहरु अमृता श्रेष्ठ, डिल्ली भण्डारी, नन्दकुमार गिरी, पदम खजुम र लालबहादुर खड्काको सम्झानामा निर्माण हुने उक्त फलैंचाको अनुमानित लागत ५० हजार रुपैयाँ लाग्ने समूहका कार्यालय सचिव हरिप्रसाद खतिवडाले जानकारी दिए ।

समूहका अध्यक्ष कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष नारायणप्रसाद पौड्यालले र कार्यक्रमको सञ्चालन सचिव सरिता भण्डारीले गरेकी थिइन् ।