पाँचथर, पुस २२ । पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द गोल्डकपमा आज आयोजक फिदिम स्पोर्टिङ क्लब र मोरङ ११ आमनेसामने हुँदैछन् । खेल दिउँसो २ बजे फिदिमस्थित फिदिम माविको खेलमैदानमा हुँदैछ ।

घरेलु मैदानमा उत्रिने फिदिम स्पोर्टिङले दर्शकको भरपुर समर्थन पाउँदा मोरङ दबावमा खेल्नुपर्नेछ । यसैबीच, शनिबार सम्पन्न उद्घाटन खेलमा कर्ण्सिंह सोनम स्मृति एफसी ताप्लेजुङलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

 

फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख पाउनेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।