पाँचथर । पाहुना टोली मोरङ ११ माथि कठिन जीत निकाल्दै आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आयोजकले मोरङलाई १–० गोलले पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । आयोजकको कठिन जीतमा विदेशी खेलाडी काचीले खेलको ८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । मोरङका खेलाडीले गरेको अनेकौँ प्रयासलाई फिदिमका गोलरक्षक एलिस कार्र्कीले विफल तुल्याइदिएका थिए ।

खेलको म्यान अफ दी म्याच आयोजक फिदिम स्पोर्टिङ क्लबका प्रविण जवेगु घोषित भए । उनलाई नगद १० हजार आयोजकले प्रदान ग¥यो ।
फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको यस गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख पाउनेछ । १० टिम सहभागी प्रतियोगितामा सोमबार झापा ११ एफसी र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए ।