पाँचथर । पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको सेमीफाइनल प्रवेशका लागि आज झापा ११ र विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लब भिड्दैछन् ।

 

खेल सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुँदैछ । दर्शकको भरपुर समर्थन पाउदै आएको झापा आफ्ना नियमित फरवार्ड कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम र गोलरक्षक मनोज प्रधानसहित मैदान उत्र्दैछ ।

 

एपीएफले भने आफ्ना केही अनुभवी खेलाडीका साथ नयाँ सेटलाई मैदान उत्रारदैछ । झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले आफुले एपीएफको अहिलेका खेलाडीको खेल पनि देखेको भन्दै यसैअनुसार रणनीति बनाएको बताए । प्रतियोगितामा एपीएफले भने उदयमान र युवा खेलाडी मैदान उत्रारेकाले खेल आफ्नो पक्षमा हुने दाबी गरेको छ ।

 

जारी प्रतियोगितामा झापाले ताप्लेजुङलाई पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफले भने आज पहिलो खेल खेल्दैछ । फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।