पाँचथर । पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको सेमीफाइनल प्रवेशका लागि आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक फिदिम स्र्पोटिङ क्लब भिड्दैछन् ।

 

खेल सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुँदैछ । घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाउने आयोजकले तीन विदेशी खेलाडी काची, स्टेफन र यूगोलाई मैदान उत्रा¥दैछ । नरेश सम्वाहाम्फेको कप्तानी रहेको फिदिम स्पोर्टिङका लागि प्रविण जवेगू, गणेश हेमरन टोलीका भरपर्दा खेलाडी हुन् ।

 

आर्मीले भने आफ्ना केही अनुभवी खेलाडीका साथ नयाँ सेटलाई मैदान उत्रा¥ने तयारी गरेको छ । जारी प्रतियोगितामा आयोजकले मोरङ ११ लाई पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो । आर्मीले भने आज पहिलो खेल खेल्दैछ ।

 

फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।