पाँचथर । फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपमा मंगलबार भएको दोस्रो क्वार्टरफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक फिदिम स्पोर्टिङ क्लबसँग भएको रोमाञ्चक खेलमा आर्मीले जीत निकाल्न टाइब्रेकर पर्खनु परेको थियो । निर्धारित खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । आर्मीले अन्तिम चारमा स्थान बनाउन टाइब्रेकरमा ४–१ गोलमा सम्भव भएको थियो ।

निर्धारित ९० मिनेटको खेलमा सुरुवाती अग्रता आर्मीका राजीव गुरुङले ३१औँ मिनेटमा दिलाएका थिए । खेललाई बराबरीमा पु¥याउन आयोजकले ७९औँ मिनेट खर्चिनु प¥यो । जसमा सनम बस्नेत सफल भएका थिए । कप्तान नरेश सम्बाहाम्फेले थ्रोमार्फत पास मिलाइदिँदा सनमले ब्याक हेडरमार्फत जाली चुमाएका थिए । काउन्टर अट्याकमा परेको आर्मीका लागि पछिल्लो मिनेट दुर्भाग्य सावित भएको थियो । आयोजकका लागि विदेशी खेलाडी स्टेफन भाग्यमानी सावित भए पनि लामो समयसम्म उनको खुसी रहन सकेन ।

अन्तिम २५ मिनेट सम्हालिन नसक्दा आयोजकले आर्मीसँग बराबरी खेल्न पुग्यो । २–१ गोलले पछि परेको अवस्थामा आर्मीका स्कोरर राजीव गुरुङले थप गोल गरेर खेललाई बराबरीमा पु¥याए । तर, जीतका लागि आर्मीले पनि टाइब्रेकर रोज्नुको कुनै विकल्प रहेन ।

टाइब्रेकरमा आर्मीका गोलरक्षक विश्वास चौधरी लक्की सावित भए । उनले विपक्षीको दुई प्रहार रोक्न सफल भ एभने एउटा प्रहार गोलपोस्टबाट बाहिरिएको थियो । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै आयोजकका तर्फबाट नगद १० हजार पाउन सफल भए ।

पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । विजेता टिमले नगद ४ लाख र उपविजेता टिमले नगद २ लाखसहित ट्रफी पाउनेछ । बुधबारको तेस्रो क्वार्टरफाइनल खेल सरस्वती कलब काठमाडौँविरुद्ध सुनसरी ११बीच हुनेआयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए ।