झापा । मोफसलको सर्बाधिक राशिको फुटबल प्रतियोगिता खप्तड गोल्डकपको उद्घाटन खेलमा झापाबाट सहभागि मेचीनेत्रालय फुटबल क्लब झापा विजयी भएको छ ।
सुदुर पश्चिम ११ लाई सडन डेथमा ७–६ ले पराजित गर्दै मेचि नेत्रालय फुटबल क्लब झापा क्वाटर फाईनल प्रवेश गरेको छ । जित सँगै मेचि नेत्रालय झापाले क्वाटरफाईनलमा  सशस्त्रको एपिएफ क्लब सँगको भेट पक्का गरेको छ ।निर्धारित समय सम्म दुबै टिमबाट गोल हुन नसके पछि खेलको निर्णय ट्राईब्रेकरबाट भएको थियो । ट्राईब्रेकरमा समेत खेलको निर्णय हुननसके पछि खेल सडनडेथ तर्फ धकेलिएको थियो ।
जसमा झापाको तर्फबाट १ प्रहार सुदुर पश्चिमका गोल रक्षकले रोकेका थिए भने एक प्रहार बाहिरिएको थियो । त्यस्तै सुदुर पश्चिमको १ प्रहार बाहिरिएको थियो भने २ प्रहारलाई झापाली गोल रक्षक दिप कार्कीले बचाउन सफल भएको टिम मेनेजर बसन्त श्रेष्ठले जानकारि दिनुभयो  ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाली गोल रक्षक दिप कार्की आजको खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरेको झापाली टिमका टिम संयोजक प्रेम नेर्वु शेर्पाले बताउनुभयो ।    आजबाट धनगढि रंगशालामासुरु  प्रतियोगितामा ए डिभिजनका ६ वटा , आयोजक , बिदेशि २ तथा मोफसलका ३ टिम गरि  कुल १२ वटा टिमको सहगागिता रहेको छ ।
सहभागि टिम मध्ये ६÷६ वटा गरेर २ समुहमा बिभाजन गरि खेल सञ्चालनहुने छ । तेस्रो संस्करणको बिजेताले नगत २१ लाख तथा उपबिजेताले १० लाख प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडिले मोटरसाईकल ,बिभिन्न बिधाका उत्कृष्ट खेलाडिले नगद १५÷१५ हजार पाउने छ भने प्रत्येक खेलको म्यान अफ् द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । आजबाट  शुरु प्रतियोगिता माघ ५ गते सम्पन्न हुने बताईएको छ ।