पाँचथर । पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको सेमीफाइनल प्रवेशका लागि आज सरस्वती फुटबल क्लब काठमाडौँ र डिफेन्डिङ च्याम्पीयन सुनसरी–११ भिड्दैछन् ।

खेल सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुँदैछ । जारी प्रतियोगिता फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको हाे ।  गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।