पाँचथर । पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको अन्तिम क्वार्टर फाइनलमा आज रोयल एफसी दार्जीलिङ र काठमाडौँको ब्वाइज युनियन आमनेसामने हुँदैछन् । खेल सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुँदैछ ।

जारी प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो । सेमीफाइनल प्रवेशका लागि हुने खेल निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको हो ।  प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।