झापा ११ एफसी फिदिम आयोजित रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । यो जीतसँगै झापाले यो सिजनको पहिलो उपाधि चुमेको हो ।

सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरमा पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो । झापाका लागि दुवै गोल पुजन उपरकोटीले गरेका हुन् । आर्मीका लागि सुदिप राईले गोल गरे ।

खेलको २३औँ मिनेटमा पुजनले गोल गर्दै झापाले अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीका लागि खेलको ७१औँ मिनेटमा राजीव गुरुङले गोल गरेर खेलमा फर्किएको थियो । राजीवको कडा प्रहार गोलपोस्टमा लागेर गोल लाइन क्रस गरेर बल बाहिर निस्केको थियो ।

तर, झापाका पुजन उपरकोटीले खेलको ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर झापालाई चार लाख रुपैयाँको उपाधि दिलाए । आर्मीले दुई लाखमा चित्त बुझायो ।

पुजन बेस्ट मिडफिल्ड घोषित हुँदा दिलेन लोक्ताम बेस्ट फरवार्ड, बेस्ट किप्पर मनोज प्रधान घोषित भए भने बेस्ट कोच झापाकै प्रवेश कटुवाल घोषितहुँदै जनही १० हजार पाए । उदीयमान खेलाडी अयोजकका कप्तान नरेश सम्वाहाम्फे घोषित भए ।

त्यस्तै, खेलको म्यान अफ दी म्याच आर्मीका राजीव गुरुङ र बेस्ट डिफेन्स आर्मीकै युद्ध शाही भएर नगद १०–१० हजार पाए । खेलमा सर्वाधिक चार गोल गरेका कर्ण लिम्बूले नगद १५ हजार पाए ।


खेलको सर्वोत्कृष्ट खेलाडी झापाका देवेन्द्र तामाङ घोषित भए । उनले एक थान मोटरसाइकल प्राप्त गरे ।