शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित नमुना सामुदायिक खेल मैदानमा माघ १८ गतेदेखि महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधाराको आयोजनामा झापाको पारिजात महिला फुटबल क्लब, कनकाई खेलकुद प्रतिष्ठानले सहभागिता जनाउनेछन् भने सुनसरी, उदयपुर, मोरङ, ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला फुटबल संघको एक–एक महिला फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।

माघ २६ गते हुने फाइनल खेलको विजेताले नगद ७५ हजार र उपविजेताले ५० हजारसँगै ट्रफी पाउने बताइएको छ ।