fbpx

एकल बाल नाटकका लागि कलाकार काठमाडौँ प्रस्थान

बिर्तामोड, झापा । प्रज्ञा लालाबाला दोस्रो राष्ट्रिय एकल बाल नाटक महोत्सव २०७५मा सहभागिता जनाउन झापाबाट १० जना बालबालिका काठमाडौँ प्रस्थान गरेका छन् ।

एक महिनाको बन्द प्रशिक्षणपछि उनीहरु फागुन १ देखि ३ गतेसम्म हुने महोत्सवका लागि काठमाण्डौ प्रस्थान गरेका हुन् । प्रज्ञाकुञ्ज विद्यालय काठमाडौँले आयोजना गरेको महोत्सवमा झापाका लागि आर्टस् स्टुडियोको तर्फबाट सहभागिता जनाइएको निर्देशक तथा रंगकर्मी प्रकाश दाहालले मंगलबार आदर्श व्यांक्वेटमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उनका अनुसार नाटकका लागि आयुश खरेल, नविना न्यौपाने, रोहन विश्वकर्मा, आयुस सिटौला, जेनिश उप्रेती, युथल खतिवडा, जोश्ना सेडाई, सुस्मिता अर्याल, कृतिका पौडेल, रिहान श्रेष्ठले अभिनय गर्नेछन् ।

काठमाडौँको सिल्पी थिएटरमा हुने महोत्सवमा झापाबाट तिर्खाएको काग, अल्छी केटी, नारीको पीडा, देशको टोपी, साहस, स्क््रयाच, म स्कुल जान्न, योद्धा, मिस्टर ग्रीन दाहालको निर्देशनमा रहेको छ भने दयालु आमै नाटक युदिप सिटौलाले निर्देशन गरेका हुन् ।

झापामा लाटीको छोरो, जिउँदो आकाश र बुधबारेमा प्mलप–मंगलबारेमा हिट नाटक मञ्चन गरिसकेको आर्टस् स्टुडियो काठमाडौँबाट फर्किएपछि पुनः झापामा मञ्चन गरिने टिम मेनेजर एलिशा श्राफले बताइन् ।

९ देखि १६ वर्षका कलाकारले ५ देखि १० मिनेटसम्मको सोलो थिएटर पर्फमेन्स गर्ने नाटकको थेम दुव्र्यवहार, हिंसा, देशभक्ति, बाल मनोविज्ञान, मित्रवत रहेको छ । सम्मलनमा कलाबार जोश्ना सेडाईले ‘साहस’ शीर्षकको नाटकमा अभिनय गरेर देखाएकी थिइन् ।

पुतलीका साथ मास्क लगाएरै र्‍याम्पमा

९ बैशाख २०७८, बिहीबार ०८:३०

डाँडाको बरपीपलमा रुविना

६ बैशाख २०७८, सोमबार ०९:०३

अनुस्मालाई इजिप्टमा उपाधि

३ बैशाख २०७८, शुक्रबार १८:३१

कंगनालाई स्टारको गोप्य कल

२८ चैत्र २०७७, शनिबार ०९:५७
×