झापा । भारतमा जारी महिला गोल्डकपको सुमहको अन्तिम खेलमा नेपालले आज इरानसँग खेल्दैछ ।

कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो सवा चार बजेबाट खेल सुरु हुनेछ । नेपाललाई प्रतियोगिताको फाइनलमा पुग्न आजको खेल जित्ने पर्ने दबाव रहेको छ । समुह चरणमा खेलका दुई खेलमा नेपालले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ ।

जारी प्रतियोगितामा उपाधिको प्रबल दावेदार टिम म्यानमारसँग तीन शुन्यको हार ब्यहोरको नेपालले दोस्रो खेलमा भारत विरुद्ध ऐतिहासिक दुई एकको जित निकालेको थियो । यता इरानले दुई खेलमा दुईमा नै हारेको थियो । आज नेपालले इरानलाई हराएमा फाइनलमा स्थान बनाउने छ । इरानले म्यानमारसँग दुई शुन्यले हारेको थियो भने भारतसँग एक शुन्यले पराजित भएको थियो ।

भारतलाई हराउँदा दुई गोल गरेकी सावित्रा भण्डारीको प्रदर्शन आज पनि नेपालका लागि महत्वपुर्ण हुनेछ । आज नै भारत र म्यानमार विच प्रतिस्पर्धा हुनेछ । यदि यो खेलमा भारत पराजित भएमा नेपाल सहजै फाइनलमा पुग्नेछ । भारत जितेमा हेड टु हेडमा पनि नेपाललाई नै फाइदा हुनेछ । नेपालले प्रतियोगितामा चार गोल खाँदा दुई गोल गरेको छ । तालिकामा नेपाल र भारतकाे समान तीन अंक छ भने म्यानमारकाे ६ अंकका साथ फाइनलमा पुगिसकेकाे छ ।