अर्जुनधारा, झापा । प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–८को १७औं वार्षिकोत्सव विहिबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सदस्य टंकनाथ बरालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष डिल्ली घोर्साईंले गरेका थिए ।

सोही वार्षिकोत्सवको सन्दर्भमा संस्थाले स्थापना गरेको अपाङ्ग संरक्षण कोषबाट थर्कमान धिमाल, पवित्रा वि.क., रामप्रसाद भारती, लीलाजंग थापा र सुवास न्यौपानेलाई जनही दुई हजार रुपैयाँबाट सम्मानित गरिएको थियो । त्यस्तै कोषका दाता कल्पना चुँडाल र पम्फा वि.क.लाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

पर्यटकीय स्थल सुखानी शहीद स्मृती उद्यानमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुको लागि वनभोज सञ्चालन गरिएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सदस्य याम चुँडाल, लालीगुरास महिला कृषि सहकारी संस्थाकी व्यवस्थापक पवित्रा श्रेष्ठ गिरी, सम्मानित व्यक्तित्व पम्फा वि.क., संस्थाका सल्लाहकार पदमबहादुर मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सहजकर्ता रिलाइबल नेपाल लाईफ इन्स्योरेन्सका सुदर्शन दाहालले सहभागीहरुलाई बिमा सम्बन्धी सहजिकरण गरेको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक तुलसा कुँवरले गरेकी थिइन् ।