झापा । जारी चौथो मगमग झापा गोल्डकपमा आज मोरङ ११ फुटबल क्लबले विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबको सामना गर्दैछ ।

दिउँसो २ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा हङकङसहित १० टिम सहभागी छन् । आयोजक झापा ११ सँगै सहारा क्लब पोखरा, थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, मोरङ ११, रुपन्देही ११ र हङकङ नेप्लिज एकाडेमीले प्रतियोगिता सहभागिता जनाएका छन् ।

विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार पाउनेछ ।