0 Shares

बिर्तामोड । मग मग झापा गोल्डकपमा सहभागी हुने खेलाडीको दुर्घटना बिमा गरिएको छ ।

आयोजक झापा गोल्डकप र प्रिमियर इन्सुरेन्स कम्पनी नेपालबीच खेलाडी तथा अफिसियलको दुर्घटना बिमाबारे सम्झौता भएको हो । सम्झौताअनुसार प्रत्येक खेलाडी तथा अफिसियलका लागि ५ लाखका दरले बीमा गरिएको आयोजकले जनाएको छ ।

प्रिमियर इन्सुरेन्सका तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेती (सन्तोष) र आयोजकका तर्फबाट महासचिव तथा सचिवालय संयोजक गजेन्द्र पौड्यालबीच दुर्घटना बिमासम्बन्धी सम्झौता भएको हो । प्रतियोगिता अवधिभर २२० जना खेलाडीको दुर्घटना बिमा गरिएको हो ।

सम्झौतामा कम्तिमा एक लाख रुपैयाँ गोल्डकपलाई स्पोन्सर गर्ने सहमति भएको छ । त्यस्तै, एक लाखभन्दा बढी भएमा जुन बढी हुन्छ त्यसको ५० प्रतिशत स्पोन्सरस्वरुप प्रिमियरले आयोजकलाई बुझाउने सहमति भएको सचिवालयले जनाएको छ ।