बिर्तामोड । जारी चौथो झापा गोल्डकपमा आज आयोजक झापा ११ एफसी र हङकङ नेप्लिज एकाडेमी आमनेसामने हुँदैछन् । विजयी हुने टिम सेमीफाइनलमा प्रवेश गर्नेछ ।

दिउँसो २ः३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गर्ने झापाका लागि देवेन्द्र तामाङ, सञ्जोग राई, पुजन उपरकोटी, विशाल राई ए र दिलेन लोक्तामलगायत पुराना खेलाडी छन् ।

तीन विदेशी खेलाडीसहित मैदान उत्र्ने झापालाई घरेलु मैदान र दर्शकको भरपुर समर्थन रहनेछ । हङकङ नेप्लिज टिम पनि नेपालमा ए डिभिजन लिग खेलीसकेका केही खेलाडीका साथ मैदान उत्र्ने तयारीमा छ ।

यसअघि उद्घाटन खेलमा झापाले पोखराको सहारा एफसीलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । हङकङ नेप्लिज टिम भने जारी प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो ।

प्रतियोगितामा हङकङसहित १० टिम सहभागी छन् । आजसम्म सहारा क्लब पोखरा र मोरङ ११ घर फर्किसकेका छन् भने थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, रुपन्देही ११ प्रतियोगितामा भिड्नै बाँकी छ । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजारसहित ट्रफी पाउनेछन् ।