बिर्तामोड । लाली रुपन्देही ११ र दाफिन्स एफसी क्यामरुन झापा गोल्डकपको अन्तिम क्वार्टरफाइन खेल आज शुक्रबार खेल्दैछन् ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे दुवै टिम आमने सामने हुन लागेका हुन् । दाफिन्स मनाङ मस्र्याङ्दी क्लबको स्थानबाट खेल्न लागेको हो । यसअघि मनाङ आउने भनिए पनि एएफसी कपको तयारीले गर्दा समय नमिलेृका कारण दाफिन्स अन्तिम समयमा आउने निश्चित भएको थियो ।

१० टिम सहभागी गोल्डकपमा यसअघि मग मग झापा ११, त्रिभुवन आर्मी क्लब र थ्री स्थार क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ ।