विराटनगर । यहाँ जारी महिला दक्षिण एसियाली महिला फुटबल (साफ)मा आजको खेलको पहिलो हाफ सकिएको छ ।

पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालले तीन गोलको अग्रता लिएको छ । खेलमा पहिलो गोल बंगलादेशको आत्मघाती उपहारबाट भएको थियो । दोस्रो गोल सावित्रा भण्डारीले गरिन् भने ३–० गोलको अग्रता दिलाउन मञ्जलीकुमारी योञ्जनको योगदान रह्यो ।

३५ डिग्री गर्मीमा खेल भइरहेकाले पहिलो हाफमा ३ मिनेट कुलिङ ब्रेक लिइएको थियो । केही समयपछि दो्रस्रो हाफ सुरु हुनेछ ।