बिराटनगर । खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले बिराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको उपाधि रक्षा गरे नेपाली खेलाडीहरुलाई जनही २ लाख दिने निर्णय गरेको छ ।

खेलप्रेमी मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले यस्तो पुरस्कार दिने प्रदेश सरकारले निर्णय गरेको हो । नेपालमा नै पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश नं १ को त गौरव बढेको छ नै यसले देशकै गौरव बढेको भन्दै प्रदेश सरकारले खेलाडीहरुको सम्मान तथा हौसला बढाउन यस्तो निर्णय गरेको हो ।

आजको फाईनल खेलमा नेपाल र भारतबीच भिडन्त हुँदैछ । भारतलाई हराएर आज नेपाले उपाधि चुम्ने र इतिहास कायम गर्ने आँकलन गरिएको छ ।