झापा । नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न व्यस्त छन् । लगातार सफलता हात पार्दै आएका सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।

इन्डियन प्रिमियर लिग अन्तरगत सोमबार राति भएको १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् । सन्दीपले सन् २०१९ मा २७ विकेट लिई सकेका छन् ।

सन्दीपले पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बंगलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।

कसरी पुग्यो २७ विकेट ?
सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै ६ खेलमा ४ विकेट लिएका थिए । त्यसपछि यूएसँगको ३ टी २० सिरिजमा ५ विकेट लिन सफल भएका थिए । सन्दीप यूएईसँगको सिरिजपछि पुन बिग ब्यास खेल्न जादै मेलवर्न स्टार्सबाट ३ विकेट लिए ।

बंगलादेश प्रिमियर लिग खेल्न जानु अघि ४ खेलमा ८ विकेट लिएका थिए ।जस मध्य एक विकेट सन् २०१९ मा थियो । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आईपीएलमा सुरुवाती २ खेलमा ३ विकेट लिएपछि २७ विकेट पुगेको हो । – एजेन्सी