झापा । ओलम्पिक छनोटको दोस्रो चरणकाे पहिलाे खेलमा नेपालले आज म्यानमारसंग खेल्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार सवाँ ५ बजेबाट सुरु हुनेछ ।

नेपाल भन्दा बलियाे मानिएकाे टिम विरूद्द जित भन्दापनि अंक खाेस्ने लक्ष्यमा रहेकाे छ । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो ।

पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको सुरुवातमै सावित्रा भण्डारीको गोल मार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । त्यहिका अाधारमा पनि प्रशिक्षक हरि खड्काले जित वा बराबरीका लागि मैदानमा उत्रने बताएका छन । तर भारतमा भएकाे हिराे गाेल्डकपमा नेपाल म्यानमारसँग तीन शुन्यले पराजित भएकाे थियाे ।

यी दुइ टिम चाैथाे पटक खेल्ने लागेका छन भने एक महिनाकाे अन्तरमा तेस्राे पटक । भारतमा हिराे गाेल्डकपमा नेपाल २ खेल खेल्दै दुबैमा पराजित भएकाे थियाे । खेलाडीकाे स्पिडमात्र हाेइन नेपाल भन्दा म्यानमार धेरै किसिमले फरक रहेकाे छ । फिफा वरियतामा नेपाल १०३ स्थानमा रहेको छ भने म्यानमार ४४ स्थानमा छ ।