0 Shares

काठमाडौं / एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको अबाहानी ढाका लिमिटेडसँग १-० ले पराजित भएको छ ।

अबाहानीका लागि डिफेन्डर मासिहले हेडरमार्फत गोल गरेका हुन् । २६ अौं मिनेटमा कर्नरमा लागि अगाडि पुगेका उनले छोटो कर्नरपछि क्रसमा हेडर गर्न सफल रहे । त्यसअघि अबाहानीले उल्लेख्य मुभ सिर्जना गर्न भने सकेको थिएन ।

मनाङले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन ‌। अन्जन विष्टको हेडर पोस्टभन्दा थोरै परबाट बाहिरिँदा विशाल राईको प्रहारलाई गोलरक्षक साहिदुल आलमले बचाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । यस जितसँगै अबाहानी लिमिटेडले ३ अंक जोडेको छ ।